नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल


काठमाडौं, फागुन ५ गते । नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ । नेपालस्थित इजरायली दूताबास र नेपाल इजरायल चेम्बर अफ कमर्शले संयुक्तरुपमा नेपाल र इजरायलका १५ वटा कम्पनीहरुसँग सहकार्यका लागि भर्चुल छलफल चलाएको भएको काठमाडौंस्थित इजरायली दूताबासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषि क्षेत्रमा ज्ञान र आधुनिक प्रविधिको प्रयोगलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।

छलफलमा इजरायली कम्पनीहरुले नेपाली कम्पनीहरुलाई आपसी व्यापार प्रवर्धनको र दीर्घकालीन सहकार्यको लागि आफ्नो प्रस्तुती दिएका थिए ।

छलफलमा दुई देशबिचको कुटनीतिक सम्बन्धसँगसँगै आर्थिक सहकार्यलाई पनि अगाडि बढाउनु पर्नेमा वक्ताहरुले जोड दिईएको थियो । छलफलबाट दुई देशबिच कृषिक्षेत्रको सहकार्यको लागि आधार तयार भएको विश्वास गरिएको दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच, नेपालका लागि इजरायका राजदूत स्मुलिक ए बासले धादिङको जीवनपुरमा पुगेर कृषि उद्यमी युद्धप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कृषि फर्मको अवलोकन गर्नुभएको छ । सो अवसरमा राजदूत बासले न्यौपानेको कृषि उद्यमको यात्रा, चुनौती र प्रयोयमा ल्याउनुभएको आधुनिक प्रविधिका बारेमा जानकारी लिनुभएको थियो । न्यौपाने इजरायलबाट कृषिसम्बन्धी अध्ययन गरेर फर्कनु भएको हो ।

स्वदेश फर्केपछि न्यौपानेले आफ्नो फर्मको विस्तार गर्नुको साथै त्यहाँ सिकेका सिप र प्रविधिको प्रयोगबाट उल्लेख्य उपलब्धि हासिल भइरहेको र समुदायका अन्यलाई पनि उक्त प्रविधि सिकाइरहेको बताउनुभयो । उद्यमी न्यौपानेले इजरायली सरकारले नेपालमा प्रदान गर्ने पाँच लाख रुपियाँ बराबरको कृषि तारा अवार्ड पनि प्राप्त गर्नुभएको थियो । नेपालबाट हालसम्म चार हजार विद्यार्थीहरुले इजरायलमा गएर कृषिसम्बन्धी सिक्ने र कमाउने अवसर प्राप्त गरेको इजरायली दूतवासले जनाएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter