• Tuesday, April 22, 2025

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै


काठमाडौँ, फागुन १९ गते । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ ।

नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको रातोपाटीलाई बताए । उनले भने, ‘डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ । उहाँको आईसीयूमै भए पनि स्वास्थ्य स्थिति सुधार भइरहेको छ।’ उनले पारसले स्वास्थ्य लाभ गरिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।

अस्पतालले पारसको एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने समेत बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter