• Tuesday, April 22, 2025

केसी दम्पतीद्वारा ३५ लाख बराबरको जग्गा दान


सलिम मियां / बिजुवार, फागुन २० गते । नौबहिनी गाउँपालिका वडा ६, बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले ३५ लाख मूल्य बराबरको व्यावसायिक जग्गा उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गर्नुभएको छ । केसी परिवारले २०४८ सालमा जग्गामा व्यवसाय सुरु गर्नुभएको थियो ।

सोमबार आयोजित १७ औं वार्षिक साधारणसभा र सातौं अधिवेशनको अवसरमा केसी परिवारले जग्गाधनी प्रमाणपत्र र ५० हजार नगद हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रका उपाध्यक्ष महेश थापाले जानकारी दिनुभयो । २०४६ सालसम्म सरकारी सेवामा कार्यरत रहेका केसीले आन्दोलनका कारण जागिर छोडेर व्यवसाय थाल्नुभएको थियो ।

नौबहिनी बजार क्षेत्रका पूर्व अध्यक्ष रहेका केसीले भन्नुभयो, “यो जग्गामा मैले आफ्नो व्यावसायिक यात्रा सुरु गरेँ । सङ्घसँग मेरो गहिरो सम्बन्ध छ । यही कारणले दीर्घकालसम्म सम्झनाका लागि जग्गा दान गरेको हुँ ।“ जग्गा हस्तान्तरणपछि, नौबहिनी गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले सोही जग्गामा सचिवालय भवनको शिलान्यास गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter