• Tuesday, April 22, 2025

जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै प्रदर्शन भयो : नेता कोइराला


काठमाडौँ, फागुन २३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन् । झापामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो कि सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने उनले बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको उनले जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने उनले बताए ।

उनले भने, ‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ ।’

नेता कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद् बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमि सम्बन्धी अध्यादेश किन स्वीकृत नगरिएको भन्दै प्रश्न गरे ।

नेता कोइरालाले कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter