• Wednesday, May 28, 2025

९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?


काठमाडौँ, वैशाख २ गते । चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म करिब ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको हो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८५ करोड ६९ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणाली कार्यान्वयनमा ल्याएसँगै आर्थिक वर्षको ९ महिनामा विदेशी लगानी प्रतिविद्धतामा वृद्धि भएको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

तथ्यांकअनुसार चैत महिनामा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ उद्योगका लागि १३ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट ३० उद्योगका लागि १४ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

चालु आवको ९ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । चैतमा मात्रै ५३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । यो महिनामा मध्यम र ठुला उद्योगका लागि कुनै लगानी प्रतिबद्धता प्राप्त भएको छैन ।

गत आर्थिक वर्ष नेपालमा ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआईबाट भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।

चालु आवको ९ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

९ महिनाको अवधिमा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।

सेवामुलुक क्षेत्रमा उच्च लगानी

विभागका अनुसार ९ महिनाको अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने प्राप्त भएको छ ।

चालु आवको ९ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७ लाख प्राप्त भएको छ । यो क्षेत्रका ६३ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो ।

विभागको सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ९ महिनामा २ हजार ५५५ जना लगानीकर्ताले यस्तो बिजनेस भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा १ हजार ७२० सय जनाले यस्तो भिसा माग गरेका थिए । चैत महिनामा मात्रै १४८ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

यस्तै पर्यटन क्षेत्रका १८९ वटा उद्योगहरुका लागि १८ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादन मुलुक क्षेत्रका ३४ उद्योगका लागि २ अर्ब ७४ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका १८५ वटा उद्योगका लागि १ अर्ब ११ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार ऊर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषिमा ७६ करोड १० लाख तथा पूर्वाधार क्षेत्रका उद्योगमा २ करोड बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटन क्षेत्रका १८९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका १८५ उद्योगका लागि प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८७८ उद्योगका लागि कुल ५ खर्ब ७७ अर्ब ३१ करोड ७९ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

विभागको सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ९ महिनामा २ हजार ५५५ जना लगानीकर्ताले यस्तो बिजनेस भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा १ हजार ७२० सय जनाले यस्तो भिसा माग गरेका थिए । चैत महिनामा मात्रै १४८ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

९ महिनाको अवधिमा वैदेशिक लगानीकर्ताले रोयल्टी मार्फत ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबर फिर्ता लगेका छन् । गतवर्षको सोही अवधिमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार रुपैयाँ बराबरको रकम रोयल्टी बापत फिर्ता लगेका थिए । यो चैतमा मात्रै ४८ करोड १३ लाख रुपैयाँ रोयल्टी लगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter