• Monday, June 09, 2025

आयुर्वेद चिकित्सालयलको सेवा बिहान ६ बजेदेखि


अमरराज नहर्की / तनहुँ, वैशाख १२ गते । बिरामीको सहज उपचारका लागि दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयले बिहान ६ बजेदेखि सेवा सुरु गरेको छ । बढ्दो गर्मीसँगै बिरामी चाप बढेकोले बिहान १० देखि ३ बजेसम्म सेवा प्रवाह गरिँदै आएकोमा अब बिहान ६ बजेदेखि सेवा सुरु गरिएको आयुर्वेद चिकित्सालयले जनाएको ।

गर्मी बढेसँगै हाल पहिलाभन्दा झण्डै दोब्बर बढी बिरामी आएकाले बिहान ६ देखिनै सेवा दिइएको आयुर्वेद चिकित्सालय, दमौलीका सूचना अधिकारी वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिनुभयो । बिहान ६ देखि ११ बजेसम्म गरी पाँच घण्टा स्नेहन श्वेदन, वस्ती कर्म, नस्य, जलनेती र शिरोधारा सेवा प्रवाह गरिएको उहाँले जानकारी दिनुभयो ।

उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिन धेरै बिरामी आउने चिकित्सालयले जनाएको छ ।

जनशक्ति तथा भौतिक पूर्वाधारको अभाव भए पनि विरामीको सहजकताका लागि बिहानैदेखि सेवा सुरु गरिएको कार्यालय प्रमुख आयूर्वेद चिकित्सक डा. नारायण श्रेष्ठले बताउनुभयो । डा. श्रेष्ठका अनुसार आयुर्वेद चिकित्सक, कविराज, वैद्य तथा अनमीको अभाव हुँदा सेवा प्रभावित भएको छ । सेवाग्राही दिनप्रतिदिन थपिँदै गए पनि पुरानो दरबन्दी अनुसारको जनशक्ति भएकाले सेवा प्रभावित भएको हो । हाल केन्द्रमा १३ जना मात्रै कर्मचारी भएकाले बिरामीको चाप अनुसार दोब्बर पार्नुपर्छ । आयूर्वेद चिकित्सक, कविराज, वैद्य एक–एक जना र अनमी दुई जना कम्तिमा पनि थप गर्न जरुरी देखिएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार हाल आयूर्वेद चिकित्सक दुई, वरिष्ठ कविराज निरीक्षक एक, वैद्य निरीक्षक चार, सहलेखापाल एक र ल्याब टेक्निसियन एक र बाँकी अन्य गरी १३ जना छन् । एक जना आयूर्वेदक चिकित्सक भने छात्रवृत्ति करारका हुनुहुन्छ । हाल दैनिक एक जनाको हाराहारीमा बिरामी आउने गरेकाले जनशक्तिको कम भएको चिकित्साहलयले जनाएको छ । जनशक्तिको अभावको अतिरिक्त व्यवस्थित संरचना नरहेको डा.श्रेष्ठले बताउनुभयो । रातमा भर्ना गरेर राख्ने बेड नभएको उहाँले जानकारी दिनुभयो । डा.श्रेष्ठले भन्नुभयो, “आलो घाउ हुन्छ त्यस्ता बिरामी हिँडडुल गर्दा स्वास्थ्य समस्या पर्छ उनीहरू केही दिन केन्द्रमै बस्नुपर्ने हुन्छ तर पूर्वाधार नहुँदा सुविधा दिन सकिएको छैन ।’’ छ रोपनी जमिनको आवश्यक भए पनि दुई रोपनी मात्रै भएको श्रेष्ठले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter