• Tuesday, June 10, 2025

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश; फैसलालाई व्यक्तिगत जीत–हारको रुपमा नलिन देउवाको आग्रह

काठमाडौँ, असार २८ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउनसमेत भनेको छ । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत–हारको रुपमा नलिन देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले काँग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको सभापति देउवाले आफ्नो धारणा व्यक्त गर्नुभएको हो।

सोमबार सर्वोच्च अदालतद्धारा जारी आदेश सम्बन्धमा एक विज्ञप्तिमार्फत आफ्नो प्रतिक्रिया दिनुहुदै देउवाले फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न अझ जिम्मेवार बनाएको बताउनुभएको छ । कसैले पनि यसलाई व्यक्तिगत जीत र हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील काँग्रेस सभापति देउवाले गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter