• Saturday, May 24, 2025

पाटाको तीन महिने निःशुल्क ‘हस्पिटालिटी ट्रेनिङ’

काठमाडौँ, असार ३१ गते । अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको छ ।

सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन लर्निङ प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने तालीम अभियान शुरु गरेको हो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुरेशसिंह बुडाल र टिप्सीका एशिया प्याशिफिक क्षेत्रीय निर्देशक टोनीबोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ तारिख २०२१ मा ‘हस्पिटालिटी ट्रेनिङ– द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिटालिटी प्रोफेशनल र विश्व–विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिटालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल र सेवासँग सम्बन्धित एक हजारबढी अनलाइन पाठमा असिमित पहुँच प्रदान गरिरहेको छ ।

नेटफ्लिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा आबद्ध तथा इच्छुक प्रोफेशनललाई सीप विकास गर्न, दक्षता निर्माण गर्न, आत्मविश्वास बढाउन र आफ्नो प्रोफेशनल अभिरुचि खोज एवं अभिवृद्धि गर्न प्रोत्साहित गर्नेगरी डिजाइन गरिएको छ । टिप्सीमार्फत शिक्षार्थीले उनीहरूको पाठ र पाठ्यक्रममा तत्काल पहुँच प्राप्त गर्न सक्दछन् जसमा डाउनलोड गर्न मिल्ने सामग्रीहरू, हिज्जे र विश्वव्यापीरूपमा ‘द इन्ष्टिच्यूट अफ हस्पिट्यालिटी’ द्वारा अनुमोदित तथा स्वीकृत सर्टिफिकेट प्राप्त गर्दछन ।

पाटा नेपालका कोषाध्यक्ष खेम लकाइले नेपालको पर्यटनमा मानव संशाधन विकास तथा पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउने उद्देश्यले टिप्सीसँगको सहकार्य पहल गरिएको बताउनुभयो । उहाँले आत्मनिर्देशित शिक्षण विधिमार्फत माइक्रोलर्निङले नयाँ पुस्तालाई सशक्तिकरण गरिरहेको परिवेशमा अहिलेको समय पर्यटन पुनःसञ्चालन गर्न आवश्यक ज्ञान, शीप, क्षमता, तत्परता एवं तयारीलाई सुदृढ पार्न केन्द्रित हुने बेला भएको बताउँदै टिप्सीसँगको सहकार्यले नेपालमा द्रुत, सशक्त र जिम्मेवाररुपमा पर्यटन पुनरुत्थानको अभियानलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter