• Wednesday, June 11, 2025

प्रशिक्षक अलमुतैरीले माफी माग्नुभयाे

काठमाडौं, साउन १८ गते । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग क्षमाको याचना गर्नुभएको छ । दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ । उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा दिनुभएको छ । एन्फाले उक्त विवादबारे छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको थियो ।

प्रशिक्षक अलमुतैरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले गलत मनशायले कुनै पनि अभिब्यक्ति नदिएको भएपनि नेपाली जनता र विशेषगरी फुटबल अधिकारी तथा पूर्ब खेलाडी, प्रशिक्षकसँग क्षमा चाहेको बताउनुभएको छ । करिब एक महिना अगाडि प्रमुख प्रशिक्षक अलमुतैरीले एक अनलाइन मीडियासँग अन्तर्वाताको क्रममा नेपालको बिगत्को खेलाडी र प्रशिक्षकको आलोचना गर्नुभएको थियो । साथै उहाँले नेपाली फुटबलको गएको तीन दशकको लेखाजोखा गर्नुभएको थियो ।

अलमुतैरीले आफू कसैप्रति पूर्बाग्रही भएर अन्तर्वातामा टिप्पणी नगरेको बताउनुहुँदै नेपाली फुटबल र नेपालको फुटबल यात्रालाई आफूले गर्वको रुपमा लिएको उल्लेख गर्नुभएको छ । नेपाली टोलिप्रति आफ्नो ठूलो सम्मान रहेको उहाँले बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गसँगको विवादको विषय प्रमुख प्रशिक्षक अलमुतैरीले सार्वजनिक गरेदेखि प्रशिक्षणमा फर्किनुभएको छैन् । राष्ट्रिय फुटबल टोलि हाल एशियाली फुटबल कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको छ । नेपालले आगामी अक्टोबर महिनामा दक्षिण एशियाली फुटबल च्याम्पियनशीप(साफ)को आयोजना गर्दैछ । प्रतियोगिताको आयोजनाको तयारीसँगै खेलाडीको प्रशिक्षण समेत प्रभाबित बन्दै गएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter