• Tuesday, June 10, 2025

युवाको बदलिँदो दैनिकी: खेर गइरहेको बाँसका सुन्दर सामग्री निर्माण

टीकाबहादुर बस्नेत / दाङ, साउन १९ गते । सीप र मिहिनेत खर्चने हो भने ढुङ्गामा फूल फुलाउन सकिन्छ भन्ने प्रमाण दाङको तुलसीपुरका स्थानीयले प्रस्तुत गरेका छन् । गाउँमा खेर गइरहेका बाँसबाट सुन्दर सामग्री निर्माण गरेर स्थानीयहरुले स्थानीय कच्चा पद्धार्थबाट सुन्दर सामग्री निर्माण गर्न सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा श्रम खर्चेका युवाहरुका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा मेट्रो कलेजले आयोजना गरेको तालिममा सहभागी भएका युवाहरुले उत्पादन गरेका बाँसका सामग्रीहरुले सबैलाई आकर्षण गरेका छन् ।

उर्जाशील समय विदेशी भूमिमा बिताएका तुलसीपुर १९ का लोकबहादुर घर्तीले जीवन धान्ने माध्यम बाँसका सामग्रीलाई बनाएको बताउनुभयो । ‘बाँसबाट यति सुन्दर सामग्री बनाउन सकिदो रहेछ । बेरोजगार भएपछि कतारमा लामो समय बसियो । मेट्रो कलेजले उपलब्ध गराएको तालिमले मेरो जीवन बदलिदियो’, लोकबहादुरले भन्नुभयो, ‘उर्जाशील समय विदेशमा बिताइयो । स्वदेशमै केही गर्नुपर्दछ भन्ने आशा पलाएको छ ।’

खिमबहादुर जस्तै तुलसीपुर १९ कै खीमा बिकको पनि जीवन धान्ने माध्यम बाँस बनिदिएको छ । बाँसबाट विभिन्न सामग्री निर्माण गर्ने गरेको बताउँदै खीमाले गाउँघरमा खेर गइरहेको बाँसबाट ढकिया, कलमदानी, फूलदानी, चुरादानी, स्टे«, घडी फ्रेमलगायतका सामग्री निर्माण गरिरहेको बताउनुभयो ।

खिमबहादुर र खीमा उदाहरण मात्रै हुनुहुन्छ, उहाँहरुजस्तै तुलसीपुरका २० जना युवाहरुको जीवन धान्ने माध्यम बाँस बनेको छ । तालिममा सहभागी भएर बाँसका सामग्री निर्माण गर्न सिकेका युवाहरुले जीवन धान्ने माध्यम बाँसलाई बनाएका छन् । युवाहरुले निर्माण गरेका सामग्रीलाई उपमहानगरपालिकाले बजारीकरण गर्ने जनाएको छ । उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष सूर्यबहादुर डाँगीले कोसेली घर बनाएर बाँसबाट बनेका सामग्रीहरुको बजारीकरण गर्ने बताउनुभयो । वैदेशिक रोजगारबाट फर्किएका र कोभिडका कारण रोजगार गुमाएका युवाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

‘तपाईसँग भएको सीपलाई हामीले कुनै पनि हालतमा खेर जान दिँदैनौं । प्रविधि, स्रोत साधन जे चाहिन्छ सहयोग गर्छाैं । तपाईहरु उत्पादनमा ध्यान दिनुहोस्, बजारीकरण हामी गर्छौं ।’

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter