• Thursday, June 12, 2025

एक हजार ९४७ सङ्क्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं, साउन ३० गते । पछिल्लो २४ घण्टामा एक हजार ९४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२० जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै दश हजार २५९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ४०५ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७६० जना सघन कक्षमा र १८६ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

त्यस्तै ३६ हजार दुई जना होम हाइसोलेशनमा, ३४ सय तीन जना संस्थागत आइसोलेशनमा र ४११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter