• Tuesday, June 10, 2025

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, भदौ ३ गते । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो ।

इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो । शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबीच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो । समझदारीपत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा. बु्ररिया एडिनीले हस्ताक्षर गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter