• Friday, June 13, 2025

असोज १ गतेबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

देवबहादुर कुँवर / काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाको तीन जिल्लाहरुमा असोज १ गते शुक्रबारबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । आसन्न दशैँ, तिहार, छठ र ईद पर्वलाई लक्षित गरी उक्त सुरक्षा योजना लागू गरिएको हो ।

चाडपर्वमा हुने सक्ने सम्भावित अपराध रोकथाम तथा नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरमा एकैसाथ लागू गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैति, पकेटमारी, लुटपाट, धम्की, चन्दा अशुली, अपहरण र फिरौतिलगायत कालोबजारी र सवारी दुर्घटना नियन्त्रण गर्न सुरक्षा योजना प्रभावकारी हुने बताउनुभयो ।

यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले तीनहजार दुई ७१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्तैं, भक्तपुर र ललितपुरले पनि सोही संख्यामा सुरक्षाकर्मी खटाएको छ । तीन जिल्लामा करिव पाँचहजार पाँचसय प्रहरी खटिएका छन् ।

बैंक तथा वित्तीय संस्था, ब्यापारी केन्द्र, वजार, बसपार्क र सवारी साधन ‘स्टयाण्ड’ क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी २४ घण्टा खटाइनुका साथै काठमाडौँ जिल्लाको ६१ स्थानमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

त्यस्तै, नियमित सुरक्षा गस्तीका लागि ४८ वटा चार पाङ्गे्र, ३५ वटा मोटरसाइकल र ८३ वटा क्यूआरटी (क्वीक रेस्पन्स टोली ) परिचालन गरिएको छ । काठमाडौँ प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले ४६ भन्दा बढी स्थानमा क्रस–चेकिङको व्यवस्था गरिएको बताउनुभयो ।

प्रत्येक दिन ३६ स्थानमा विहान ८ देखि १२ बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म आकस्मिक चेकिङको व्यवस्था गरिएको छ । महिला हिंसा, यौनजन्य दुब्र्यवहार, सार्वजनिक यातायातका साधनमा हुने पकेटमारीका लागि हतियारसहितको विशेष टोली खटेको छ ।

दशँै तिहार मनाउन गृह जिल्ला फर्किनेहरुको सुविधाका लागि गोंगबु नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र न्यूरोडलगायतका स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी टिकटमा हुने कालोबजारी नियन्त्रण अभियान थालिएको छ ।

खाद्य तथा दैनिक उपभोग्य वस्तुमा हुने कालोबजारी र मिसावट रोक्न जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, नापतौल तथा गुणस्तर विभाग, उपभोक्ता अधिकार मञ्च र नागरिकको सहयोगमा नियमित बजार अनुगमनको व्यवस्था गरिएको छ ।

चाडपर्वमा हुने सवारी दुर्घटना रोक्न ट्राफिक नियम पालनामा कडाई गर्नुका साथै सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कानुनी कारवाही गर्ने प्रहरीले जनाइएको छ ।

घर कोठा छोड्नु अघि झ्याल ढोका दुरुस्त ढंगले लगाउनुका साथै नगद, गहना र अन्य मूल्यवान सामाग्री सुरक्षित ढंगले राख्न प्रहरीले महानगरवासीमा अनुरोध गरेको छ । बसमा यात्रा गर्दा होस् वा सामान खरिद गर्दा चनाखो बन्न सुझाव दिँदै शंका लागेको व्यक्तिका सम्बन्धमा प्रहरीलाई सूचना दिन अपिल गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter