• Thursday, May 22, 2025

ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

काठमाडौं, असोज ३ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ ।

नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) विक्री बापतको रकमलाई बैंकमा धरौटी राखेर बैंकबाट एक जना गाइडका लागि कम्तिमा पाँच लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने भएको हो । कोरोना महामारी हुनुभन्दा तीन वर्षअघि पदयात्री पथप्रदर्शकको लाइसेन्स लिएको र पथप्रदर्शकले सञ्चालन गर्ने व्यवसायको परियोजना प्रस्ताव पेश गरेपछि आफू काम गर्ने ट्रेकिङ कम्पनिको सिफारिस पेश गरेपछि एक गाइडका लागि बैंकले रकम उपलब्ध गराउने तयारी गरेको नेपाल पर्यटन बोर्डका सदस्य पम्फा धमलाले जानकारी दिनुभयो ।

पर्यटन विभागको तथ्याङकअनुसार १८ हजारभन्दा बढी लाइसेन्स प्राप्त गाइड रहेका छन् । तर यीमध्ये प्रत्यक्ष रुपमा पदयात्रामै संलग्न रहेकाहरुलाई सहुलियत होस् भन्ने लक्ष्यले उक्त रकम दिने तयारी गरेको धमलाले जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालले समेत गाइडका लागि रुजु गराउनु पर्ने प्रावधान तोकेको छ । टिम्स कार्ड विक्री वापत बोर्डले लिने रकम मध्ये १० प्रतिशत रकम गाइडको हितमा खर्च गर्ने उल्लेख छ । बोर्डले शुक्रबार नै सूचना जारी गरी गाइडहरुलाई प्रस्तावहरु माग गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter