• Saturday, June 14, 2025

वैकल्पिक सुरुङको लेदो हटाई मुख्य सुरुङमा पानी खसाल्ने तयारी

छेटु शेर्पा / काठमाडौं, कात्तिक २३ गते । गत असार एक गतेको बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो । बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिनुभयो । सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ ।

यता खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी सहितको टोलीले सोमबार मेलम्ची खानेपानी मुहानको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा बाढीले पुरिएका मेलम्ची खानेपानीको सुरुङहरू सफा गरी छिटोभन्दा छिटो काठमाडौँमा पानी ल्याउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ । समितिले भने वैकल्पिक र मुख्य सुरुङ जाने सुरुङ भित्र छिरेको लेदोसहितका अवशेष हटाई अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारी थालेको जनाएको छ ।

काठमाडौं उपत्यकाबासीको जीवनसँग जोडिएको मेलाम्ची खानेपानी आयोजनामा वर्सेनि हुने गरेको विपत्बाट बच्नका लागि पुनः भौगर्भिक अध्यन गर्नुपर्ने भुगर्भविद् डा. रञ्जनकुमार दाहालले सुझाव दिनुभयो । तीन दशक अघि गरिएको भौगर्भिक अध्ययन पर्याप्त नहुदाँ आयोजनाले क्षति वेहुर्नु परेको भन्दै दीर्घकालीन समधानका लागि अध्ययन गर्नु जरुरी भएको उहाँको सुझाव छ ।

गत असार १ गते गएको बाढीपहिरोले क्षति पु¥याएपछि मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित बनेको थियो । यस अघि २०७८ चैत्र सम्ममा १७ करोड लिटर पानी काठमाडौं ल्याइसकिने गरी काम अघि बडाएको र पुनः त्यो लक्ष्य पुरा गर्न फास्ट ट्रयाक अपनाउने तयारी समितिले गरेको छ । बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षतिहुँदा एक अर्व ८८ करोड रुपियाँको नोक्सान भएको समितिको ठहर छ ।

हालसम्म करिव ३५ अर्व लगानी भई सकेको छ । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा मेलम्चीको पानीलाई धाराबाट खसालेर उद्घाटन गर्नुभएको थियो । २०५५ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर काम भएपनि काठमाडौं पानी आइपुग्न २२ वर्ष लागेको थियो । समितिले २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी ल्याएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter