• Wednesday, June 11, 2025

साेमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

छेटु शेर्पा /काठमाडौं, मङ्सिर १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्राविधिक रुपमा जडान भएका सामाग्रीको अवस्था जाँच गर्ने, ग्राउण्ड अवस्था मिलाउने जस्ता काम गरिने क्यालिब्रेसन उडान ३० घण्टा भन्दा बढी हुने प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका प्राविधिक, विमानस्थल निर्माण कम्पनीका प्राविधिक र एरो थाईका प्राविधिकहरुबीच छलफल शुरु भएको क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न प्रविधि जडित छुट्टै जहाजबाट गरिने उक्त उडानबाट जहाजको अवतरण र टेकअफ रुटको सबै फ्रिक्वेन्सी तय गर्ने प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेसन उडानपछि तत्कालै परीक्षण उडान सम्पन्न गरी थप नियमित उडानको तालिका सार्वजनिक गर्ने तयारी थालेको समेत उहाँले जानकारी दिनुभयो । विमानास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित आर्थिक वर्ष २०७२/०७३ मा शुरु भएको थियो । करिब ३१ अर्ब रूपियाँ लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरस महामारीले निर्माणमा ढिलाइ भएको थियो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु गरेको छ ।

यी निर्माण चरणमा रहेको तीन अन्तराष्ट्रियस्तरका विमानस्थल निर्माणसँगै नेपालमा अन्तराष्ट्रिय उडानका लागि सहजता हुने भएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएका छन् ।

यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तराष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् । हाल नेपालमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । नेपाल एयरलाइन्स, यती, श्री, बुद्ध, सौर्य, तारा, समिट, सीता, गुण एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter