• Saturday, June 14, 2025

तरकारी खेती र पशुपालनबाट मासिक ४० हजार रुपियाँ आम्दानी

सिराज खान / नेपालगञ्ज, मङ्सिर ३ गते । नेपालगञ्ज २० पशुपतिनगरका निर्मला सापकोटाले घर खर्चका लागि शुरु गरेको तरकारी उत्पादन र पशुपालनबाट मासिक ४० हजार रुपियाँ बढी आम्दानी गरिरहनुभएको छ ।

शुरुमा घर खर्चका लागि तरकारी उत्पादन र पशुपालन गरेपनि पछि उत्पादन बढेर विक्रि हुन थालेपछि व्यवसायिक बनाउँदै लगेर अहिले मासिक ४० हजार आम्दानी गरिरहेको सापकोटाले बताउनुभयो ।

२०६२ सालमा घर खर्चकालागि टमाटर, भन्टा, बन्दा, काउली र खुर्सानी रोपेर शुरु गरेको तरकारी उत्पादन अहिले दुई विगाहा जग्गामा फैलिएको उहाँले बताउनुभयो । यसैगरी दुधका लागि भैंसीपालन गरेको र अहिले पाँच भैँसी र दुई गाईले दिएको दुध बिक्रि गरिरहेको सापकोटाको भनाई छ ।

दुध र तरकारी बेचेर मासिक ४० हजार आम्दानी भैरहको उहाँले बताउनुभयो । सोही आम्दानीले जस्तापाताले छाएको चार कोठे घर बनाएको र पाँच परिवारको राम्ररी गुजरा चलिरहेको उहाँले बताउनुभयो ।

अबको तीन बर्षमा तीन कोठे पक्की भवन बनाउने लक्ष्यकासाथ अगाडि बढेको जनाउँदै सापकोटाले आँट गर्ने हो भने महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने प्रमाणित भएको बताउनुभयो । उहाँको परिवारले चैते मकै खेती र बर्षाको समयमा धानखेती पनि गर्ने गर्नुभएको छ ।

कोषा विक्रि गर्न चैते मकै खेती गरेको उहाँले बताउनुभयो । ‘चैते मकै बारीबाट विक्रि हुन्छ । मकैबाट बार्षिक झण्डै ५० हजार रुपियाँ आम्दानी गर्छौँ,’ निर्मलाले भन्नुभयो । त्यसैगरी उहाँले हिउँद र गर्मी याममा तरकारी खेती गर्ने दुई विघा खेतमा धान रोप्नेगरेको बताउनुभयो । कम्पोष्ट मल प्रशस्त भएकाले धान राम्रो फल्ने उहाँले बताउनुभयो । यसले रासायनिक मल खरिद गर्ने पैँसा बचत हुने उहाँले जानकारी दिनुभयो ।

बर्षमा ३० क्वीन्टल धान फलाउने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको धान बर्षभरी खान पुग्ने उहाँले बताउनुभयो । ‘धान विक्रि गरेर हामीले झण्डै ६० हजार रुपियाँ बचत गर्छौँ । पशुपालन, मकै, धान र तरकारी खेतीबाट बार्षिक करिव पाँच लाख रुपिँया आम्दानी हुन्छ,’ उहाँले थप्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter