• Sunday, June 15, 2025

सीप कोठामै थन्कियो, बजार नपाउँदा चलेन जाँगर

गोकर्ण पौडेल / तुलसीपुर, मङ्सिर ४ गते । बाँसबाट बनाइएका विभिन्न सामग्रीहरु कोठाभरि असरल्ल परेका छन् । धन्न सामुदायिक वनकै भवनमा ती सामग्री राखिएका कारण कोठाभाडा तिर्नुपरेको छैन । तुलसीपुर १९ मा रहेको पकर्रे र कालिका मालिका किसान जलुके सामुदायिक वनका उपभोक्ताले १५ दिनसम्म बाँसका विभिन्न सामग्री बनाउने तालिमबाट सीप सिकेको बताउनुभयो ।

सीपलाई तालिममा मात्रै उहाँहरुले सीमित राख्नु भएन, व्यवहारमा पनि उतार्नुभयो । सीप सिकेका मध्येका एक हुनुहुन्छ कृष्णमती पुन । १५ दिनसम्म तालिम सिकियो त्यसपछि दुई महिनासम्म सामग्री बनायौ अहिले बिक्री नहुँदा मन खिन्न भएको उहाँले बताउनुभयो । पुनले भन्नुभयो ‘बाँस किन्न परेको छैन, तर बाँसबाहेक अन्य सामान किन्नुपर्छ, सामान नै बिक्री नभएपछि कहाँबाट किन्ने समस्या परेको छ ।’

सामान टाँस्नका लागि गम, रङ्गरोगनका सामग्री किन्नुपर्छ पुनले भन्नुभयो । पहाडमा छँदा बुवाले छिट्वा बनाएको हेरेर छिट्वा बनाउन सिकेको उहाँले बताउनुभयो । बाँसका मुढा, कलमदानी, चुरीदानी, स्ट्रे, मन्दिर, घडी फ्रेम, तस्बीर फ्रेम बनाउन सिकेको पुनले भन्नुभयो ।

कृष्णमति पुनजस्तै १६ जना महिला र चार जना पुरुषहरुले पन्ध्र दिनसम्म बाँसका कलात्मक सामग्री बनाउन सिक्नुभएको थियो । सीप सिकेकाहरुले पकर्रे कालिका कृषि वन उद्यमी समूह समेत गठन गर्नुभएको छ । समूहका अध्यक्ष रेवती विश्वकर्माकाअनुसार अहिले बस्नका लागि बनाइएका बाँसका मुढा ४० वटा, घडी र तस्बीर फ्रेम २० वटा, गमला १५ वटा, कलमदानी १५ वटा, मन्दिर ४ वटा, स्टे १० वटा, चुडादानी १० वटा छन् ।

अध्यक्ष विश्वकर्माकाअनुसार दुई दिनअघि अनुगमनमा आएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उत्पादन भएका वस्तुहरु बिक्री वितरणका लागि केही महिना तुलसीपुरमै कोशेली घरका लागि कोठा र दुई जना जनशक्ति उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । समूहले ती वस्तुको मूल्यसमेत निर्धारण गरेको छ । प्रति मुडा पाँच सय, फ्रेमको दुई सय, मन्दिरको तीन हजार मूल्य तोकेको छ । त्यसैगरी कलमदानी र स्टे«को मूल्य एक सय तोकिएको छ ।

पकर्रे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर रोकाकाअनुसार बाँसका सामग्री बनाउन सामुदायिक वनले बाँस भने निशुल्क उपलब्ध गराएको छ । सामुदायिक वनले ती सामग्री बनाउनका लागि कोठा समेत उपलब्ध गराएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter