• Thursday, June 12, 2025

बाँझो जमिन बन्यो हराभरा

गोकर्ण दयाल / बैतडी, पुस २६ गते । सधैँ बाँझो रहने बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा महाकालीको पानी बग्न थालेपछि हरियाली छाएको छ । सिँचाइ सुविधा भएपछि स्थानीय महिलाले फलाएको ‘अर्गानिक’ आलु बजारमा जान थालिसकेको छ । तीन महिना नपुग्दै खेतमा आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय महिला किसान कौशा बुडालले बताउनुभयो । “४० क्विन्टल आलुको बीउ रोपेका थियौँ । प्रतिकिलोग्राम कम्तीमा १० किलो फल्छ भन्ने आशा लिएका छौँ” कौशा बुडालले भन्नुभयो ।

खेतमा फलेको आलु पुस मसान्तसम्म खाली गरेर गहुँ छर्ने तयारीमा रहेकाले अहिले तिरखडेनीका महिलालाई आलु खन्न भ्याइनभ्याइ छ । युरिया र विषादीको कुनै प्रयोग नभएका कारण अर्गानिक आलु किन्न ग्राहक बारीमै पुग्ने गरेको स्थानीय किसान प्रताप बुडालले बताउनुभयो । यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको चर्चा गर्दै स्थानीय किसान प्रताप बुडालले भन्नुभयो, “महाकालीबाट लिफ्ट सिँचाइ योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौँ । बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ । गोठेमलको प्रयोग गरिने भएकाले यहाँको अन्न र तरकारीको माग ह्वात्तै बढेको छ । मागअनुसार पूर्ति गर्न सकिरहेका छैनौँ । ”

छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले गत वर्ष आर्थिक सहयोग गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । १५ लाख रुपियाँमा उक्त सिँचाइ आयोजना सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र बैतडीले महिलालाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बीउ सहयोग गरेको थियो । गाउँमा पहिलो पटक महिलाले व्यावसायिक आलुखेती सुरु गरेको प्राविधिक सहयोग गर्दै आउनुभएका कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो ।

महाकालीको पानीले सिँचाइ हुन थालेपछि गाउँमा पहिलो पटक तिरखडेनीका महिलाले गहुँ, मकै र धानबालीसहित तरकारी खेती गरेका हुन् । महिलालाई खनजोतका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter