• Thursday, June 12, 2025

२४ घण्टामा पाँच हजार ५९८ संक्रमित थपिए : चार जनाको मृत्यु

काठमाडौं, माघ ९ गते । पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हाे ।

आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना डिस्चार्ज हुँदा चार जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।

उपत्यकामा मात्र तीन हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सह–प्रवक्ता अधिकारीका अनुसार काठमाडौंमा २८ सय ६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ गरेर ३८ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter