• Thursday, June 12, 2025

पनौतीका किसानलाई लैनो गाई वितरण

मधुसुधन तिमल्सिना / काभ्रे, फागुन २२ गते । काभ्रेको पनौती नगरपालिकाले किसानलाई लैनो गाई वितरण गरेको छ । वडा ३ कुशादेवीका १० किसानलाई लागत साझेदारीमा आइतबार लैनो गाई वितरण गरिएको हो । गाई भैसी साना व्यवसाय उत्पादन पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जाराले किसानलाई लैनो गाई वितरण गर्नुभएको हो । सङघीय सरकार, किसान र नगरपालिकाको साझेदारीमा पनौतीका किसानलाई लैनो गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

पनौती नगर कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले लागत साझेदारी अन्तर्गत किसानको ४० प्रतिशत, सङघ र नगरको ६० प्रतिशत लागतमा गाई वितरण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यस आर्थिक बर्षमा ५८ लाख रुपियाँमा ६० वटा लैनो गाई नगरले वितरण गर्नेछ । आर्थिक बर्ष २०७७–७८ मा ३३ लाख रुपियाँमा ४० लैनो गाई नगरले वितरण गरेको थियो । १२ वडा रहेको पनौतीले वडा ३, ८ र १० कृषकलाई गाई पकेटक्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगर प्रमुख न्यौपानेले किसानको जीवनस्तर उकास्न पाडी वितरण, लैनो गाई वितरण, बोयर जातका बोका वितरण, तरकारी खेतीकालागि टनेल लगायतका सामग्रीले नगरले अनुदानमा उपलब्ध गराउँदैआएको बताउनुभयो । उपप्रमुख बन्जाराले नगरले कृषि र पशुपन्छीलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुभयो ।

वडा ३ का अध्यक्ष किशोर थापाले वडा ३ मा यसबर्ष २४ वटा लैनो गाई वितरण गर्ने बताउनुहुँदै अघिल्लो बर्ष १६ वटा लैनो गाई वितरण गरिसकेको जानकारी दिनुभयो । नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले किसानलाई व्यावसायिक बनाएर जीविकोपार्जनमा सहजता ल्याउन लैनो गाई वितरण गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter