• Sunday, June 08, 2025

२४ घण्टामा थप ६८ जना सङ्क्रमित, मृत्यु शून्य

काठमाडौं, फागुन २५ गते । पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर २२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मंगलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्ला २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा हाल पाँच हजार ६९२ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter