• Thursday, June 12, 2025

मंसिर ४ गते संघीय निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति

सपना थामी / काठमाडौं, साउन १८ गते। सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति गरेकाे छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिनुभयाे ।

बालुवटारमा भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको वरिष्ठ नेता पौडेलको भनाइ छ। नेता पौडेलले भन्नुभयो, “मंसिर ४ गते सहमति भइसक्यो । त्यही हो, सरकारले अब घोषणा गर्छ । बैठक फेरि पर्सी बस्छ ।” उहाँका अनुसार अब सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति औपचारिक रुपमा घोषणा गर्नेछ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

बैठकमा सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो। बैठक बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको हो।

वरिष्ठ नेता पौडेलका अनुसार सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्नेछ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter