• Wednesday, June 11, 2025

जङ्गली च्याउ : विना लगानी, राम्रो आम्दानी

सन्तोष राउत / सोलुखुम्बु, साउन २३ गते । जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।

जङ्गली च्याउ खाँदा विभिन्न स्थानमा ज्यानै गएको घटना सुनिएपनि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँबजारमा भने जङ्गली च्याउ बेचेर ग्रामिण महिलाहरुले घरखर्चको बन्दोबस्त गर्ने गरेका छन् । उत्पादनमा आफ्नो लगानी नपरेको च्याउ दिनभरी जङ्गलमा खोजेर ल्याउने र बजारमा विक्री गरेर राम्रो आम्दानी हुने गरेको छ ।

यस सिजनमा सोलुखुम्बुका विभिन्न जङ्गलमा विभिन्न जातका च्याउ पाउने भएकाले ग्रामिण भेगका कतिपय सर्वसाधारणहरुको गुजारामा च्याउले सहयोग गरेको छ । सदरमुकाममा प्रत्येक शनिबार लाग्ने हाटमा रातो, पहेँलोलगायत विभिन्न थरीका नामै थाहा नभएका च्याउ विक्रीका लागि ल्याइएका हुन्छन् । बजारमा सोलुदूधकुण्ड नगपालिकाका तामाखानी, गार्मा, वेनी, सल्लेरी र काँकुलगायतका क्षेत्रबाट जङ्गली च्याउ आउने गरेको छ ।

हामीले च्याउको व्यापार गरेर घरको सामान्य खर्च चलाउन सजिलो भएको छ र च्याउ खाएर कोही विरामी समेत भएको छैन, सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीकी टीकामाया तामाङले भन्नुभयो । प्रत्येक वर्ष यस सिजनमा भएको च्याउको व्यापारले घरखर्च धान्न सहयोग गरेको उहाँको भनाइ छ ।

औषधीका रुपमा समेत प्रयोग हुने रातो च्याउ सल्लेरीका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले कोशेलीका रुपमा समेत लाने गरेका छन् । बजारमा रातो च्याउ केही महङ्गो मूल्यमा बिक्री हुने गरेको छ । रातो च्याउ प्रतिकेजी एक हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहेँलो च्याउ प्रतिपाथी दुई सय रुपियाँले विक्री भएकोमा यस वर्ष चार सय रुपियाँसम्म विक्री भइरहेको व्यापारी बताउँछन् ।

सदरमुकाम नजिक रहेको काँकुकी ङिमपुटी शेर्पाले पनि विगत लामो समयदेखि सिजनमा च्याउको व्यापार गरेर घर खर्चको जोहो गर्ने गरेको बताउनुभयो । हप्तामा दुईहजारसम्म बिक्री हुने शेर्पाको भनाइ छ । च्याउ ल्याउनका लागि एकदिन र बजारमा विक्री गर्नका लागि एकदिन गरी दुईदिनको समय लाग्ने व्यापारीहरुको बताउँछन् ।

यता च्याउ किन्ने ग्राहक भने खाने नखाने च्याउ छुट्याउने निकाय नभएकाले अन्योलमानै किन्ने गरेको बताउँछन् । सबैले खाने गरेको च्याउ किन्ने गरेका छौँ, अहिलेसम्म केही भएको छैन, कतिपय त नचिनेको च्याउ पनि हुन्छ, सल्लेरीका ज्ञानु बस्नेतले भन्नुभयो । हालसम्म बजारमा किनेको च्याउ आएर सोलुमा कसैको स्वास्थ्यमा असर नपरेको उपभोक्ता बताउँछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter