• Saturday, June 14, 2025

एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

भक्तपुर, साउन २३ गते । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो ।

यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यक्रममा आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताउनुभयो ।

उहाँले नेपालमा यो वर्ष २१ वटा संस्थामा एक हजार आठ सय ९५ विद्यार्थीले एमबिबिएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताउनुभयो ।

एमबिबिएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गर्दै उहाँले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न करिब एक हजार तीन सय सिट दिने गरेकामा एमबिबिएसमा मात्रै पाँच सय ५७ विदेशीले अध्ययन गर्न पाउने व्यवस्था गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा आयोगअन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा. डा. रमेशप्रसाद आचार्यले बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेकामा १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताउनुभयो ।

उहाँले दक्ष नर्सिङ जनशक्ति उत्पादनका लागि एक सय शय्याको आफ्नै अस्पताल नभएको संस्थालाई नर्सिङ अध्ययनको अनुमति दिन नहुनेमा जोड दिँदै नर्सिङ पेसालाई व्यवस्थित बनाउन नसक्दा धेरै नर्स बेरोजगार बन्नुपरेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगअन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा डा दिलीप शर्माले एमबिबिएस अध्ययन गर्न एक सय ८८ नेपाली विद्यार्थी विदेश गएको, बिएस्सी नर्सिङमा २९, एलाइट साइन्समा ६६ र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter