• Sunday, June 15, 2025

फोहोरले सामुदायिक वन क्षेत्र दुर्गन्धित

अविनाश चौधरी / धनगढी, साउन २४ गते । ‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ ।

धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।

तीन वटै सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएका छन् ।

देवहरियावासी लखन चौधरीले बजार क्षेत्रको फोहोर व्यक्तिले जथाभावी फाल्ने गरेका कारण वन क्षेत्रमा दुर्गन्ध बढेको बताउनुभयो । सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण आसपास बस्न समेत समस्या भएको उहाँको भनाइ छ ।

देवहरिया सामुदायिक वनभित्र धनगढी उपमहानगरपालिकाले सामुदायिक छाडा चौपाया गौशाला बनाएको छ । सो गौशालामा राखिएका चौपाया राम्रो स्याहार र आहार नपाउँदा यत्रतत्र गएर मर्ने गरेका स्थानीयले बताएका छन् । हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आए पनि धनगढीलाई सुन्दर बनाएका सामुदायिक वनहरु भने फोहोर फाल्ने ‘साइट’ बनेको चौधरीले गुनासो गर्नुभयो । वन क्षेत्र नै कुरुप हुने गरी फोहोर फाल्ने कार्य भइरहदा सम्बन्धित निकायको ध्यान नपुगेको उहाँको गुनासो छ ।

धनगढी उपमहानगरपालिका –७ का वडा अध्यक्ष मोती रानाले फोहोर नफाल्न पटक–पटक सूचना जारी गरिए पनि रोक्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कडाई गरेका छौं, दिउँसो त फाल्न सक्दैनन् । बजार क्षेत्रको फोहोर अटो र ट्याक्टरमा लगेर राति–राति फाल्ने गरेका छन् ।’’ सबैभन्दा बढी फोहोर देवहरिया सामुदायिक वनको पटेला गाउँ जाने बाटोमा फालिएको अध्यक्ष रानाले बताउनुभयो ।

बजार क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथभावी वन क्षेत्रमा फाल्न नमिल्ने धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास तथा सरसफाइ शाखाका प्रमुख टङ्क विष्टले बताउनुभयो ।

‘‘फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको जानकारी हामीसम्म आइपुगेको छैन । जे भए पनि त्यसरी फोहोर फाल्न चाहिँ मिल्दैन,’’ उहाँले भन्नुभयो । फोहोर व्यवस्थापनका लागि टोल–टोलमा ‘माइकिङ’ गर्ने कार्य भइरहेको जनाइएको छ । त्यति गर्दा पनि अटेर गरेमा कारबाहीका लागि नगर प्रहरी खटाउने प्रमुख विष्टले बताउनुभयो ।

देवहरिया सामुदायिक वनमै पर्यटकीय आकर्षणको जाखोर ताल रहेको छ । सो ताल क्षेत्रमा समेत यत्रतत्र प्लाष्टिकजन्य फोहोर फालिने गरिएको छ । धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान भने पटेला सामुदायिक वन क्षेत्रमा छनोट गरेको छ । तर, निर्माणको कार्य अझै सुरु भएको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter