• Saturday, June 14, 2025

नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : अध्यक्ष दाहाल

काठमाडौं, साउन २५ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली, पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताउनुभयो ।

जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुसँग विभिन्न विषयमा राम्रो वातावरणले विचार आदानप्रदान र सहयोग अभिवृद्धि गर्ने छलफल भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जापानको विकास र प्रगति, लगानी पनि बढोस् । हाइड्रो, पर्यटन, कृषि, शिक्षा, भौतिक पूर्वाधार विकास सम्बन्धमा राम्रो वातावरणमा विचार र सहयोग आदानप्रदान अभिवृद्धि गर्ने कुरा भयो ।”

डाक्टर, वैज्ञानिक, परराष्ट्रमन्त्रीमार्फत र उच्चस्तरकै कार्यक्रममा जहाँ जाँदा पनि सबै प्रक्रियामा नेपालको भूमिका निकै सकारात्मक भएको उहाँले जानकारी दिनुभयो । जापान भ्रमणले दुई देशबीच नयाँ प्रक्रियाको सुरुवात भएको उहाँको भनाइ छ ।

आफ्नो भ्रमणले जापानमा रहनुभएका नेपाली धेरै खुसी हुनुभएको अनुभव उहाँले सुनाउनुभयो । जापानका सत्तारुढ दलका वरिष्ठ नेताहरुसँग भएको औपचारिक वार्तामा द्वीपक्षीय सम्बन्ध र जापान अग्रणी साझेदार रहेको कुरामा विमर्स भएको उहाँले बताउनुभयो ।

देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र जापानको पनि नेपाल भ्रमण होस् भनेर आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालको भ्रमण होस् भनेर आमन्त्रण ग¥यौं । सम्भवत, आउनुहुन्छ भन्ने बुझेको छु । फोहोर व्यवस्थपनमा तत्काल सहयोग चाहियो भन्ने कुरा पनि भएको छ ।” समग्रमा, नेपाल र जापानबीच ठोस–ठोस के के विषयमा सहकार्य गर्ने भन्नेमा छलफल भएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter