• Thursday, June 12, 2025

नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित

काठमाडौं, भदौ २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनःविचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताकाे त्यस्तै बहुमतले पारित गरेको छ । प्रस्तावको पक्षमा सत्तारुढ गठबन्धनको मत परेको थियो भने विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका दलले मत जाहेर गरेका थिए ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयकलाई पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सदनमा निर्णयार्थ पेस गर्नुभयो । प्रस्तावलाई पारित गर्नुभन्दा अघि मतविभाजन गरिएको थियो । सभामुख सोपकोटाले मतविभाजनको परिणाम सार्वजनिक गर्नुभयो । पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको छ । सदनमा १९५ जना सांसदको उपस्थिति थियो ।

संसद्का दुवै सदनबाट पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनु भएको थियो । तर, राष्ट्रपति भण्डारीले सन्देशसहित साउन २९ गते सो विधेयक पुन: विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलमा ७९ जना सांसदले भाग लिनुभयो । छलफलपछि गृहमन्त्री खाणले सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएपछि नागरिकता विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाले सो प्रस्तावलाई स्वीकृत गरेसँगै अब पुनः सो राष्ट्रिय सभामा छलफलका लागि पेश हुनेछ । राष्ट्रिय सभामा पनि सांसदले धारणा राख्नु भएपछि सो विधेयकको विषयमा सभाले निर्णय लिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter