• Wednesday, May 21, 2025

सार्वजनिक विद्यालयमा आकर्षण हुनेगरी काम गर्न शिक्षा मन्त्रीको निर्देशन

काठमाडौं, भदौ २ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ।

बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभएकाे हाे ।

“स्थानीय तहसँग समन्वय गरेर कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्”, उहाँले भन्नुभयो, “विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ।”

उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेसी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन गर्नुभयो।

शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिम काम छिटो सम्पन्न गर्नुहुन् आग्रह गर्नुभयो। विद्यालय समायोजन लागतयका कामम सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter