• Friday, May 30, 2025

व्यापार घाटा कम गर्न कृषि र पर्यटनलाई बढाऔँ : राष्ट्रपति

कपिल ज्ञवाली / सिद्धार्थनगर, पुस ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै भण्डारीले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउनेदेखि पर्यटन प्रवर्द्धनका योजनाहरू अगाडि बढाउनुपर्ने बताउनुभयो ।

आयातमाथि नेपालको निर्भरतामा विस्तार भएको र त्यसबाट विदेशी मुद्राको सञ्चितमा अभूतपूर्व चाप परेको बताउँदै भन्नुभयो, ‘चुनौती पार पाउन स्वावलम्बी अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्छ,’ व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, वनपैदावार, जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्छ ।’

राष्ट्रपति भण्डारीले स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति अवलम्बन गर्नुपर्ने समेत बताउनुभयो । भण्डारीले युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्नुपर्ने भन्दै केही वर्षभित्र व्यापार घाटा कम गर्दै लैजान सकिने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

‘उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानुपर्छ’,

राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनी र यसको समग्र विकासका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभयो । उहाँले भैरहवामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलपछि यसक्षेत्रको विकासमा थप टेवा पुगेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter