• Sunday, June 15, 2025

मिस नेपालका लागि आवेदन खुला : ‘विश्वभरका महिलासँग मित्रता बढाउने अवसर पायौँ’

काठमाडौं, माघ १९ गते । द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न गइरहेको जानकारी दिनुभयो ।

उहाँले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताउनुभयो ।

यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउनु हुँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताउनुभयो । यस्तै, इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जित्नु भएकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जित्नुभएका डा. सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जित्नुभएका प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाउनु भयो ।

जापानमा आयोजना भएको मिस इन्टरनेशनल २०२२ मा सहभागी हुनुभएका ‘मिस नेपाल इन्टरनेशनल २०२२’ का न्यान्सी खड्काले विश्वभरबाट सहभागी हुने उक्त सौन्दर्य प्रतियोगितामा सहभागी हुनु पाउँदा आफूमा थप उत्प्रेरणा र आत्मविश्वास बढेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको ७५ जना सहभागी उक्त प्रतिस्पर्धा कठिन रहेको तर नेपालले त्यहाँ उत्कृष्ट प्रस्तुति दिएर इतिहास रच्न सफल भएको खड्काले बताउनुभयो ।

जीवनमा मानसिक स्वास्थ्यले सबैभन्दा महत्त्व राख्ने उहाँको बुझाइ छ । जेलमा रहेका बालबालिकाको अवस्था र उनीहरूको भविष्यबारे चासो व्यक्त गर्दै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यो सन्देश प्रवाह गर्न खोजिएको भनाइ राख्नुभयो ।

कैदीबन्दी सम्बन्धमा लामो समय काम गर्दै आउनुभएका हाल प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरसहित बन्दी सहायता नेपाललगायत सङ्घ, संस्थाको समन्वयमा यसबारे तयार पारिएको दृश्य सामग्री उहाँले प्रस्तुत गर्नुभयो ।

फिलिपिन्समा आयोजना भएको मिस नेपाल अर्थ २०२२ मा सहभागी डा. सरिशा श्रेष्ठले आफूले पहिरिएको ताजको सक्दो सदुपयोग गर्नुपर्ने भन्ने जिम्मेवारी बोध भएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “फिलिपिन्स, विश्वभरका महिलासँग कुराकानी गरेर मित्रता बढाउने अवसर पायौँ ।”

वातावरणीय समस्या सम्बन्धमा त्यो समय फोहोरको समस्या प्रमुखरुपमा उठेको अवस्थामा सिस्डोल क्षेत्रमा हेल्थ क्याम्प सञ्चालन गरिएको उहाँले स्मरण गर्नुभयो ।

यसैगरी, मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा हुनुहुन्छ प्रियङ्का रानी जोशी । २०२३ को मे महिनामा आयोजना हुन गइरहेको उक्त प्रतियोगिताका लागि जोशीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न प्रशिक्षणहरू लिँदै हुनुहुन्छ ।

जोशीले अझै पनि कतिपय ग्रामीण क्षेत्रमा विद्यतु नपुग्दा यसले शैक्षिक, सामाजिकलगायतका क्षेत्रमा पार्ने प्रभावका सन्दर्भसँग सम्बन्धित प्रोजेक्टमा संलग्न हुनुहुन्छ ।

आयोजकले देशका सातै प्रदेशमा अडिसनको मिति तोकेको छ । काठमाडौं अडिसन मार्च १८ मा साझेदार होटेल बुढानीलकण्ठस्थित केजीएच पार्क भिलेजमा हुनेछ । त्यस्तै, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको क्षेत्रीय अडिसन मार्च १५ गतेभित्रै हुने जनाइएको छ । यसको स्थान र मिति पछि घोषणा गरिनेछ ।

कार्यक्रममा मिस नेपाल प्रतियोगिताका मुख्य प्रायोजक डाबर बाटिका मिस नेपालका अभय गोर्खाली, सहप्रायोजक संस्थाका प्रतिनिधित्व सदस्यहरूको पनि आतिथ्यता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter