• Sunday, June 15, 2025

चराविद डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान

अविनाश चौधरी / धनगढी, वैशाख २५ गते । अढाई वर्षदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९–८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।

जीवनको पूरै समय संरक्षणमा बितिरहेको उहाँले बताउनुभयो । सम्मानका लागि नेपाल सरकारले आफूलाई छनोट गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँ नेपाल पंछी संरक्षण संघ (बीसीएन) मा चरा विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

डङ्गौराले सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आउनुभएको छ । यसैगरी, नेपालको प्रथम चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्र, बसन्ता करीडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा नियमित चरा अनुगमन तथा संरक्षणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमसमेत गर्दै आउनुभएको छ ।

स्कुल पढ्ने बेलादेखि डङ्गौरा कैलालीका संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) संगै गुलेली सङ्कलन अभियानमा संलग्न हुनुभएको थियो । डल्फिन संरक्षण क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका डङ्गौराले २०१० मा अब्राहम संरक्षण पुरस्कार र २०१२ मा वातावरण संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter