• Wednesday, May 28, 2025

पर्यटन विकासको माग गर्दै ज्ञापनपत्र

सिराज खान / नेपालगञ्ज, बैशाख २८ गते । नेपाल ऐशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँकेले विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन व्यवसायीका माग पूरा गर्न आग्रह गरेको छ ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भैरहवा पुगेको एक टोलीले विहीबार मुख्यमन्त्री चौधरीलाई ११ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको हो । सो टोलीमा रहनुभएका नाट्टा बाँकेका महासचिव झवि शर्माका अनुसार नाट्टा बाँकेका अध्यक्ष सिग्दलले ज्ञापनपत्र बुझाउनुभयो । सो अवसरमा मुख्यमन्त्री चौधरीले पर्यटन व्यवसायको विकासका लागि अघि सारिएका मागहरु पूरा गरिने आश्वासन दिनुभयो ।

नाट्टा बाँकेले मुख्यमन्त्री चौधरीलाई बुझाएको मागमा नेपालगञ्ज–दिल्ली हवाई उडान सुरु गर्न पहल अगाडि बढाउनु पर्ने, सीमा नाकालगायत पर्यटकीय क्षेत्रका लागि पर्यटन प्रहरी गठन गर्नुपर्ने, पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्ने माग गरिएको छ ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले पर्यटन व्यवसायमा सुधार ल्याउन अघि सारिएका मागप्रति मुख्यमन्त्री निकै सकारात्मक देखिनु भएकाले आफुहरु आशावादी बनेको बताउनुभयो । पर्यटनका लागि पश्चिम नेपालको सबैभन्दा सुगम मानिने नेपालगञ्ज पर्यटनको हब र गेटवे दुबै भएकाले सरकारले यो सहरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग गरिएको बताउनुभयो । सो अवसरमा अध्यक्ष सिग्दले, महासचिव शर्मासंगै सचिव भागीराम ओली लगायतको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter