• Saturday, June 14, 2025

भारतसँग गर या मरको अवस्थामा नेपाल

गाेविन्द रेग्मी / काठमाडौं, भदौ १७ गते । एसिया कप क्रिकेटको दोस्रो खेलमा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाललाई अगाडि बढ्न भारतलाई हराउनै पर्ने बाध्यता छ ।

समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल अङ्क विहीन छ । दुई खेलबाट तीन अङ्क बनाएको पाकिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तानसँग बराबरीसँगै एक अङ्क बनाएको भारतलाई सुपर चारमा नेपालसँग बराबरी नै काफी छ । नेपाललाई भने सुपर चारमा पुग्न भारतलाई हराउनै पर्ने बाध्यता छ । त्यसैले भारतसँगको खेल नेपालका लागि गर या मरको अवस्थामा रहेको छ । नेपालले भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई पन्छाउन १५औँ वरीयतामा रहेको नेपालले ब्याटिङ र बलिङ दुवैमा उल्लेख्य सुधार गर्नुपर्ने चुनौती छ । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालको दुवै पक्ष कमजोर बनेको थियो ।

पहिलो खेलमा जितका लागि पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार (१०४) रनमा समेटिएको थियो । भारतलाई पहिलो भेटमै स्तब्ध बनाउन सके नेपालले एसिया कपमा नयाँ इतिहास रच्ने पक्का छ ।

शनिबार भारत र पाकिस्तानको खेलमा वर्षा बाधक बने जस्तै सोमबार पनि श्रीलङ्काको कान्डीमा वर्षाको सम्भावना रहेको छ । यदि वर्षाले खेल रद्द भएमा नेपाललाई दुर्भाग्य हुनेछ । भारत भने बराबरी नतिजाले अगाडि बढ्नेछ ।

त्यसैले नेपालका लागि सोमबार भारतविरुद्धको खेलमा मौसमको साथसँगै जित्नै पर्ने दबाब छ । नेपालले भारतसँग खेल्दा नेपाली टोलीका भारतीय प्रशिक्षक मोन्टी देसाईका लागि भने जन्मभूमिविरुद्ध कर्मभूमिको लडाइँ हुनेछ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन भइरहेका छन् । नेपाल पाकिस्तानसँग उसैको मैदानमा खेलेर भारतसँग खेल्न श्रीलङ्का गएको हो । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter