• Monday, June 16, 2025

अतिक्रमित जग्गाको खोजबिन सुरु

दोलखा, भदौ १९ गते । जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनलगत्तै सम्बन्धित निकायमा अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । मालपोत, नापी र वन कार्यालयबाट यस किसिमका जग्गाको विवरण नभएको पत्र प्राप्त भएको छ ।

यस जिल्लाका नौ वटै स्थानीय तहलाई पनि पत्राचार गरिएको छ । प्रमुख जिल्ला अधिकारी धमलाले भन्नुभयो, “स्थानीय तहबाट जवाफ आउन बाँकी छ । जवाफ आएपछि सोही अनुसार मालपोत, नापी र वन कार्यालय प्रमुखसहित छलफल हुने छ । मन्त्रालयलाई पनि जानकारी दिने र अतिक्रमित जग्गाबारे नौ वटै स्थानीय तह प्रमुखसँग आवश्यक छलफल गर्ने सोच बनेको छ ।”

जग्गा अतिक्रमिण भएको कहीँ कतैबाट उजुरी आएको छैन । जिल्लामा अतिक्रमित जग्गाबारे अहिलेसम्म खोजबिन सुरु भएकै छैन । सूचना प्रवाह गरी सर्वसाधारणबाट पनि उजुरी दिन आग्रह गरिने उहाँले बताउनुभयो ।

नौ वटै स्थानीय तहमा अतिव्रmमित जग्गा प्रशस्तै रहेको आशङ्का छ ।

नाङ्गो आँखाले हेर्दा पनि कालिञ्चोक कुरीमा धेरै जग्गा अतिक्रमणमा परेको छ । भीमेश्वर नगरपालिकाको तामाकोशी नयाँ पुल, शैलुङको भैँसे, कालिञ्चोकको झौँडेलगायत स्थानमा थुप्रै अतिक्रमित जग्गा छन् तर कहीँ कतैबाट उजुरीसमेत आएको छैन । यो अभियानले सार्थकता पाउने र दोलखाका अतिक्रमित जग्गाको यथार्थ विवरण तयार हुने अपेक्षा राखिएको प्रजिअ धमलाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter