• Sunday, June 15, 2025

जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर ०१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए ।

उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका छन् । यस्तै उनले नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने आफ्नो विश्वास रहेको बताए । यसका लागि विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथः टुगेदर फर वन फ्यूचर’ विषयवस्तुमा आधारित भ्वाइस अफ द ग्लोबल साउथको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद समेत दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter