• Monday, June 16, 2025

मेलम्चीको पानी सुन्दरीजलमा, माघ १ बाट वितरण हुने

काठमाडौं, पुस २८ गते। मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कि अन्सारीले पानी सुन्दरीजल खसेको पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘बिहीबारदेखि मेलम्चीबाट सुरुङ्मा छाडेको पानी सुन्दरीजल आइपुगेको छ ।

सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने उहाँले बताउनुभयो । प्रशोधन सकेर दुई दिनपछि अर्थात् माघ १ गतेबाट पानी वितरण गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, सुन्दरीजलमा पानी जम्मा गरेर प्रेसर मापन गर्छौ । त्यसपछि पानी प्रशोधन गरिन्छ । सबैकाम सकेर माघ १ गतेबाट वितरण गर्नेगरि काम गरेका छौँ ।

गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो।

समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो।

उपत्यकामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter