• Saturday, June 14, 2025

नामिबियालाई हराएसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायम

गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १८ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको छ । रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जीवित राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाउनुभयो । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाउनुभयो । यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो ।

बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो ।

जितसँगै नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ । दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । नेपालले यस सिरिजको चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter