• Tuesday, June 10, 2025

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा; चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ, फागुन २५ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ। शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उहाँले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्नुभएको हो। शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो।

राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गर्नुभएको थियो।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ।

चार लाखले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।

अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन ।

दर्शन गर्ने पालो छिटो पाउने आसमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए । उनीहरू भने बिहानै दर्शन गरेर फर्किसकेका प्रवक्ता अधिकारीले बताउनुभयो । कोषले कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter