• Monday, June 09, 2025

मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त

हेटौँडा, चैत १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभाको सोमबार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो । नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ५६ मत र विपक्षमा ३७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराउनुभयो । विश्वासको मतका लागि भएको मतदानमा १५ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । हाम्रो नेपाली पार्टीका एक जना प्रदेश सभा सदस्यको अनुपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र र नेपाल मजदुर किसान पार्टी तटस्थ रहेका थिए ।नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष माघ ३ गते र चैत १० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter