• Saturday, June 14, 2025

रत्नपार्कको भित्ते बगैँचामा दुई सय बिरुवा

काठमाडौं, चैत २१ गते । भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोप्नुभएको हो ।

आयोजना प्रमुख थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतया यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने बिरुवामा होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् ।

यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि दुई /दुई वर्गमिटरका जालीदार बार बनाइएको छ । आयोजनाले यो काम नौ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो ।

सहरी सुन्दरता र हरियाली प्रवर्द्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंसा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी बिरुवा चोरी होलान् कि नहोलान् ? उहाँहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्त्वपूर्ण छ । यसरी हेर्दा बिरुवा जोगाउन मलजल र गोडमेल जति महत्त्वपूर्ण छ, उत्तिकै महत्त्वपूर्ण रोपिएका बिरुवा चोरिनबाट जोगाउनु पनि हो । अधिकारीहरुले यतातिरका योजना बनाउन आवश्यक छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter