• Saturday, June 14, 2025

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य; सत्यनिरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनित गर्न सिफारिस

सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

सत्यनिरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter