• Wednesday, May 28, 2025

एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, वैशाख ५ गते। समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो।

साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ७५ रन बनाएर पूरा गरेको हो। वर्षाका कारण आठ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेटको क्षतिमा नेपालविरुद्ध ७३ रन बनाएको थियो।

नेपालको जितका लागि गुल्सन झा र कप्तान रोहित पौडेलको योगदान उल्लेखनीय रह्यो। झाले नटआउट १९ बलमा ३२ रन जोड्नुभयो भने कप्तान पौडेलले नटआउट ७ बलमा १६ रन बनाउनुभयो। नेपालका ओपनर कुशल भुर्तेल २ बलमा शून्यमै आउट हुँदा आसिफ शेखले ३ बलमा २ रन मात्र जोड्नुभयो । कुशल मल्ल ५ बल खर्चिएर दुई रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ९ बलमा १७ रन बनाउनुभयो ।

नेपालको सुरुवाती ब्याटिङ लाइनलाई धरापमा पारेको साउदीका लागि इश्तियाक अहमदले दुई विकेट लिनुभयो भने उस्मान नजीब र वाजी उल हसनले एक/एक विकेट हात पार्नुभयो ।

सुरुमा ब्याटिङ गरेको साउदीका लागि १६ बल खेल्दै अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाउनुभएको थियो। नेपाली बलरसामु अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन्।

टस जितेर साउदीविरुद्ध सुरुमा बलिङ गरेको नेपालका लागि करण केसी र अविनाश बोहोराले समान दुई/दुई विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिश जिसीले समान एक/एक विकेट हात पार्नुभयो।

समूहको पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको नेपालले तेस्रो खेलमा हङकङमाथि ८ विकेटको जित निकालेको थियो।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter