• Saturday, June 14, 2025

व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु : गृहमन्त्री

काठमाडौं, वैशाख ६ गते । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उहाँका पुत्र रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गर्नुभयो । उहाँहरूले कुनैपनि राजनीतिक दलहरूको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेलाई खबरदारी गर्नुभयो ।

भेटमा रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताउनु भयो । यसअघि पनि विभिन्न राजनीतिक दलहरूको संरक्षणमा पटक-पटक छोडिएको भन्दै उहाँले अपराधीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले श्रीमान् नपाए पनि अब न्याय पाउने आस लागेको बताउनु भयो ।

पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभई सत्यको आधारमा कारबाही गर्ने बताउनु भयो । उहाँले काम गर्न जटिलता भए पनि अपराधीलाई उन्मुक्ति नदिने बताउनु भयो । उहाँले कसैप्रति आग्रह, पूर्वाग्रह नराखीकन काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसाबले होइन, हामीले न्याय के हो ? सत्य के हो ? त्यसमा काम गर्ने हो । केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमानदारीपूर्वक काम गरिरहेका छौँ । हामी सम्पूर्ण रूपमा अनुसन्धान गर्छौँ । कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानुनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’’

गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभई आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter