• Saturday, June 14, 2025

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगको पाँच बुँदे निर्देशन

काठमाडौं, वैशाख ६ गते । निर्वाचन आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख १५ गते सम्पन्न हुने गरी घोषणा भएको इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त रहेको पदमा हुन गइरहेको उपनिर्वाचन मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा सम्बद्ध निकायबाट कार्यान्वयन गराउने गरी सहयोग तथा निर्देशन हुन समेत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय भएको छ ।

आयोगको बिहीबारको बैठकले उपनिर्वाचन हुने जिल्लाहरूको विद्युत र खानेपानी आपूर्तिको व्यवस्थालाई नियमित गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको छ ।

निर्वाचन क्षेत्रभित्रको यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू समेत नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकाय एवम् स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी सुचारु अवस्थामा राख्ने व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter