• Sunday, June 15, 2025

मन्त्रिपरिषद् बैठक : गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव

काठमाडौं, वैशाख ६ गते। सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

मन्त्री शर्माले भन्नुभयो, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय भएको छ।’

त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गरेको छ।

सँगै सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter