• Wednesday, June 11, 2025

सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल विरुद्ध २३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ९ गते। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मिति २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई मिति २०६२ माघ २८ सम्म कार्यरत रहेका पौडेल, पुनः मिति २०६५ असार १२ मा सोही संस्थामा कम्प्युटर इन्जिनियर पदमा करारमा नियुक्त भई २०७५ साउन २० सम्म विभिन्न पदमा करारमा कार्यरत रहेकोमा मिति २०७५ साउन २१ गते केन्द्रको निर्देशक पदमा नियुक्त भएका थिए।

कार्यकारी निर्देशकको पदमा २०७८ चैत २४ सम्म कार्यरत रहेको र मिति २०७८ चैत २५ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई सो अवधिमा आयआर्जन गरेको पारिश्रमिक बचत, भ्रमण भत्ता, शेयर बिक्री, सवारी साधन बिक्री, तथा बैङ्क निक्षेपको ब्याजसमेत गरेर आय एक करोड १९ लाख २४ हजार ८४६ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

निजको कुल खर्च तथा लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपियाँ देखिएकोले स्रोत नखुलेको रकम २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ बिगो तथा निजका सहोदर दाजु अनिल पौडेललाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको सजाय हुन र आइतबार विशेष अदालत काठमाडौँमा अरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter