खेलकुदमन्त्री भन्छन्– ‘सन्दीपको भिसाका लागि प्रयास भइरहेको छ’

काठमाडौँ, जेठ १० गते । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा (प्रवेशाज्ञा) अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।

मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल भइरहेको बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा आवश्यक काम कारबाही अगाडि बढाउनेछ । टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका सन्दीपलाई बुधवार अमेरिकी दूतावासले अन्तरवार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter