• Sunday, June 15, 2025

एमालेले कांग्रेससँग भएको संविधान संशोधनको सहमति अगाडि बढाउने

काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सो कुरा बताउनुभयो ।

गौतमले भन्नुभयो, “संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने र पुनरवलोकनको आधारमा कहाँ–कहाँ संशोधन गर्ने ? त्यहाँ संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा नेपाली कांग्रेससँग भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढाउँछौं ।”

उहाँले कांग्रेस – एमालेबिच भएको सात बुँदे सहमति अनुसार गठन भएको सरकारलाई निरन्तरता दिने र परिणाममा पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको सन्दर्भमा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा भएका सात बुँदे सहमति अनुसार जुन सरकार बनेको छ, यो सरकारको निरन्तरता र यो सरकारलाई परिणाममा पुराउने । जुन उद्देश्यले यो सरकार गठन भएको छ, खासगरी मुलुकको आर्थिक अवस्थालाई एउटा लयमा फर्काउनका निम्ति भएका प्रयासलाई कमिटीले धन्यवाद दिएको छ ।”

उहाँका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसबिच सहमति गरेर स्थायीत्व, स्थिरता, अर्थतन्त्र लयमा फर्काउने विषयमा जनतालाई आश्वस्त बनाइएको विषयमा जोड दिनुभएको छ ।

बैठकमा एमाले महासचिव शंकर पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter