• Saturday, May 31, 2025

२०८४ अगाडि नै संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा


कविराज घिमिरे / हिले, चैत्र ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बाेल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताउनुभएको हो।

उहाँले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो। उहाँले २०८४ को चुनावमा कोहीसँग गठबन्धन नगर्ने बताउँदै अरूले गठबन्धन गर्न सक्ने भएकाले बलियो सङ्गठन बनाउनु पर्ने बताउनुभयो।

नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठुलठुला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उहाँले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्ने समेत बताउनुभयो।

उहाँले अहिले नेपाली नागरिकमा असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै भएको बताउनुभयो। असन्तुष्टिलाई निराशामा परिणत हुन दिन नहुने बताउँदै थापाले त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएको बताउनुभयो।

उहाँले आन्तरिक गुटका कारण भातृसङ्गठनको अधिवेशन हुन नसकेको बताउनुभयो। उहाँले केन्द्रको अधिवेशन नभए पनि जिल्लाको गर्न छलफल गर्नुपर्ने बेला आएको बताउनु भयो। उहाँले २०८३ को मङ्सिर भन्दा एक दिन पछाडि पार्टीको महाअधिवेशन कसैले सार्न नसक्ने बताउनु भयो। यसका लागि क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागो, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ लगायतले पार्टीमा गुट बलियो भएको भन्दै गुटभन्दा पार्टी बलियो बनाउनुपर्ने बताउनुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter